विदेश

हङकङबाट प्रकाशित हुने एप्पल डेली पत्रिका बन्द हुने

हिमालय टिभी
२०७८ असार ९ गते १८:३९
हङकङबाट प्रकाशित हुने एप्पल डेली पत्रिका बन्द हुने

९ असार २०७८ काठमाडौं । हङकङमा प्रजातन्त्रको पक्षको वकालत गर्दै आएको एप्पल डेली पत्रिका बन्द हुने भएको छ ।

हङकङ र चिनियाँ नेतृत्वको प्रखर आलोचक मानिने पत्रिकाले कर्मचारीको सुरक्षाका लागि भन्दै भोलिको संस्करण पछि पत्रिका प्रकाशन बन्दको घोषणा गरेको हो ।

उक्त टेब्ल्योइडमा विवादास्पद राष्ट्रिय सुरक्षा कानून उल्लंघन गर्दै सामग्रीहरु प्रकाशन गरेको भन्दै गत हप्ता पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले पत्रिकाको प्रमुख सम्पादक र पाँच जना कार्यकारीलाई पक्राउ गरेको छ भने कम्पनीको सम्पत्ति पनि फ्रिज गरेको छ ।

२६ वर्षे इतिहास बोकेको पत्रिकाको डिजिटल भर्सन पनि आजै रातिबाट बन्द हुने कम्पनीले जनाएको छ । प्रजातान्त्रिक अभियानका समर्थक एवं कम्पनीका सस्थापक सम्पादक जिम्मी लाइ आतंक सिर्जना गरेको अभियोगमा यसअघि नै जेलमा छन् ।

एम्नेष्टी इन्टरनेशनलले एप्पल डेली बन्दको घोषणालाई हङकङको इतिहासमा मिडिया स्वतन्त्रताको कालो दिन भनेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *