विदेश

कोरोनाको नयाँ भेरिएन्टका लागि नयाँ नामाकरण प्रणली घोषणा

हिमालय टिभी
२०७८ जेठ १८ गते ७:४७
कोरोनाको नयाँ भेरिएन्टका लागि नयाँ नामाकरण प्रणली घोषणा

१८ जेठ २०७८ काठमाडौं । कोरोना भाइरसका नयाँ भेरिएन्टका लागि विश्व स्वास्थ्य संगठनले नयाँ नामकरण प्रणालीको घोषणा गरेको छ ।

डब्ल्यूएचओले अबदेखि पहिचान भएका भेरिएन्टहरूको नामका लागि ग्रीक अक्षरको प्रयोग गर्ने बताएको हो । बेलायती भेरिएन्टलाई अब अल्फा नामाकरण गरिएको छ ।

त्यस्तै दक्षिण अफ्रिकी भेरिएन्टलाई बिटा र भारतीय भेरिएन्टलाई डेल्टाको नामले चिनिने छ । यसले कुराकानीलाई थप सरल बनाउन डब्ल्यूएचओले उल्लेख गरेको छ ।

यसैबीच कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा संक्रमण फेरि बढ्न थालेको छ । चीनको दक्षिणी सहर ग्वांझोमा हिजो १८ जना संक्रमित भेटिएका थिए ।

संक्रमितमध्ये सात जना शहरभन्दा बाहिरबाट गएका व्यक्ति रहेको जनाइएको छ । संक्रमण बढेसँगै त्यहाँ हुने उडान सेवा बन्द भएको छ । पछिल्लो पटक त्यहाँ २७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बेलायतमा कोरोनाको तेस्रो लहरको चेतावनी दिइएको छ । उता अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ एन्टोनी फाउचीले कोरोना भाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अलि चाँडो हुने बताएका छन् ।

संक्रमण केही कम जस्तो देखिए पनि यसले फेरि विकराल रुप लिन सक्ने उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *