विदेश

भारतमा एकैदिन ३ लाख ८६ हजार कोरोना संक्रमित थपिँदा ३५ सय बढीको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १७ गते ८:०७
भारतमा एकैदिन ३ लाख ८६ हजार कोरोना संक्रमित थपिँदा ३५ सय बढीको मृत्यु

१७ वैशाख २०७८ नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण झन तिब्र बनेको छ । त्यहाँ पछिल्लो एकैदिन तीन लाख ८६ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

यस्तै एकैदिन ३५ सयभन्दा बढिको संक्रमणबाट ज्यान गएको छ । संक्रमण कोरोना महामारी शुरु भएयताकै उच्च हो भने हिजोको तुलनामा मृत्युदर भने केही कमी देखिएको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार ८ सय २९ जना संक्रमित थपिएका हुन् । भारतमा एक सातायता तीन लाखभन्दा बढीको संख्यामा नयाँ संक्रमित थपिइरहेका छन् । मृत्युदर पनि निरन्तर बढिरहेको छ ।

त्यहाँ अहिलेसम्म १ करोड ८७ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । २ लाख ८ हजार भन्दा बढीको ज्यान गएको छ ।

संक्रमितको चाप अत्याधिक भएपछि भारतीय स्वास्थ्य व्यवस्था अस्तव्यस्त भएको छ । अक्सिजनसमेत नपाएर नागरिक सडकमै मरेका दृष्य सार्वजनिक भएका छन् । सबैभन्दा बढी महाराष्ट्र, दिल्ली र उत्तर प्रदेशमा अवस्था नाजुक बनेको छ ।

पछिल्लो पटक विश्वभर एकै दिन ८ लाख ७६ हजार संक्रमित थपिएका छन् । विश्वभर १४ हजार ६ सय भन्दा बढीको संक्रमणकै कारण मृत्यु भएको छ ।

अमेरिकामा ५८ हजार र ब्राजिलमा ६९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । फ्रान्ससहित युरोपेली देशहरुमा पनि संक्रमण दर बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *