विदेश

विद्रोहीको संरक्षणमा युक्रेनमाथि हस्तक्षेप गर्ने रुसको चेतावनी

हिमालय टिभी
२०७७ चैत २७ गते ८:२५
विद्रोहीको संरक्षणमा युक्रेनमाथि हस्तक्षेप गर्ने रुसको चेतावनी

२७ चैत २०७७ मस्को । रुसले युक्रेनमा आफु समर्थित विद्रोहीको संरक्षणका लागि हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।

एक उच्च रूसी अधिकारीले पूर्वी युक्रेनमा रूसी भाषी बासिन्दालाई सहयोग पुर्‍याउन मस्कोले हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका हुन् । यदि युक्रेनले त्यहाँको स्वतन्त्रता पक्षधरमाथि आक्रमण गरे रुसले हस्तक्षेप गर्ने बताएको हो ।

रुसी समर्थित स्वतन्त्रता पक्षधर विद्रोही र युक्रेनी सेनाबीच देशको पूर्वमा भिडन्त भइरहेको छ। रसियाले पनि युक्रेनको सिमानामा बक्तरबन्दसहितको सेना खडा गरिरहेको छ।

रुसी उच्च सरकारी अधिकारी दिमित्री कोजाकले रूसी सेनाले युक्रेनका विद्रोही नागरिकहरुको रक्षाका लागि हस्तक्षेप गर्न सक्ने बताएका हुन्।

उनले पुर्वी युक्रेनी जनताको स्वतन्त्रताको चाहनामा कसैले पनि छेकबार लगाने नसक्ने बताएका छन् । क्रमियाई क्षेत्र नजिक तनाव बढेकोमा संयुक्त राज्य अमेरिका र जर्मनीले भने चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *