विदेश

भारतमा कोरोना संक्रमित हुनेको संख्या यो वर्षकै उच्च विन्दुमा

हिमालय टिभी
२०७७ चैत २३ गते ९:३५
भारतमा कोरोना संक्रमित हुनेको संख्या यो वर्षकै उच्च विन्दुमा

२३ चैत २०७७ नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या यस वर्षकै उच्च विन्दुमा पुगेको छ ।

पछिल्लो २४ घण्टामा छिमेकी देश भारतमा झण्डै १ लाख ४ हजार जनामा संक्रमण भएको हो । संक्रमित हुनेको संख्या सन् २ हजार २१ कै सबैभन्दा बढी हो भने विश्वमै पनि सबैभन्दा धेरै हो ।

अघिल्लो दिनमात्रै त्यहाँ करिब ९३ हजार जना संक्रमित भएका छन् । पछिल्लो पटक विश्वभर ५ लाख २६ हजार भन्दा संक्रमित थपिएका थिए । भारतपछि फ्रान्समा करिब ६१ हजार, टर्कीमा ४२ हजार, अमेरिकामा ३७ हजार तथा ब्राजिलमा ३२ हजार नयाँ संक्रमित थपिए ।

कोरोना मामिलामा विश्वमा तेस्रो स्थानको भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ एक करोड २५ लाख नाघेको छ । त्यस्तै सक्रिय संक्रमित झण्डै ८ लाख पुगेका छन् । त्यस्तै त्यहाँ पछिल्लो पटक ४ सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो दिन ५ सय १३ जनाले ज्यान गुमाएका थिए । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६५ हजार भन्दा बढी पुगेको छ ।

संक्रमित हुनेको संख्या लगातार बढ्न थालेपछि महाराष्ट्र राज्यमा आजदेखि अप्रिल महिनाको ३० तारिखसम्म कडा प्रतिबन्धात्मक व्यवस्था लागू भएको छ ।

अब त्यहाँ अत्यावश्यक सेवा मात्र सञ्चालन हुनुका साथै रात्रिकालिन कर्फ्यु लगाइने छ भने हप्ताको अन्त्यमा शुक्रबार रातिदेखि सोमवार बिहानसम्म पूर्ण रूपमा लकडाउन लागू हुनेछ ।

सरकारी कार्यालयहरूमा पचास प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन सूचना जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *