विदेश

म्यान्मारमा सैनिक दमन, ७ वर्षीया बालिकाको मृत्युपछि सर्वत्र विरोध

हिमालय टिभी
२०७७ चैत ११ गते ९:०९
म्यान्मारमा सैनिक दमन, ७ वर्षीया बालिकाको मृत्युपछि सर्वत्र विरोध

११ चैत २०७७ म्यानमार । म्यानमारमा झन्डै डेढ महिनादेखि हिंसा जारी छ । सेनाले सत्ता कब्जा गरेपछि त्यसको विरोधमा नागरिकहरु सडकमा उत्रिएका छन् ।

दैनिक जसो हुने प्रदर्शकका क्रममा हालसम्म २ सय ७० जनाभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । यसै क्रममा हिजो घरमै बसेका ७ वर्षका एक बालिकाको सेनाको गोली लागि मृत्यु भएको छ ।

बालिकाको मृत्युपछि संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरुले त्यसको विरोध गरेका छन् ।

गत नोभेम्बरमा सम्पन्न चुनावको मतगणनापछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ आङ सान सू चीसहित अधिकांश नेतालाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरेपछि त्यहाँ एक वर्षका लागि शंकटकाल घोषणा गरिएको छ भने नागरिकहरु सडकमा उत्रेका छन् ।

सेनाले दमन गर्दै नागरिकलाई नियन्त्रणमा लिएको र गोली हानी हत्या गर्ने गरेको भन्दै यसअघिपनि संयुक्त राष्ट्र संघले विरोध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *