विदेश

पूर्वराष्ट्रपति ट्रम्पमाथिको दोस्रो महाभियोग प्रस्ताव असफल

हिमालय टिभी
२०७७ फागुन २ गते ८:०७
पूर्वराष्ट्रपति ट्रम्पमाथिको दोस्रो महाभियोग प्रस्ताव असफल

२ फागुन २०७७ न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प माथिको दोस्रो महाभियोग प्रस्ताव असफल भएको छ ।

माथिल्लो सदन सिनेटमा उनीविरुद्धको महाभियोग प्रस्तावमाथिको मतदानमा आवश्यक बहुमत नपुगेपछि प्रस्ताव असफल भएको हो । ट्रम्पविरुद्ध पेश महाभियोग प्रस्तावबारे सिनेटमा पाँचौं दिन शनिबार सुनुवाइ पूरा भएपछि मतदान भएको थियो ।

तर मतदानमा प्रस्तवको पक्षमा ५७ तथा विपक्षमा ४३ सांसदले मतदान गरेका थिए । प्रस्ताव परित हुन आवश्यक दुई तिहाइ अर्थात् ६७ सांसदको समर्थन चाहिन्छ । सिनेटमा एक सय सदस्य रहेकोमा कुनै प्रस्ताव पारित हुन दुई तिहाई अर्थात ६७ मतको आवश्यकता हुन्छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ तारिखमा महाभियोग प्रस्ताव पारित गरेको थियो । गत जनवरी ६ तारिखमा राजधानी वाशिङ्गटनस्थित क्यापिटल भवनमा भएको हिंसापछि ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको थियो ।

एक प्रहरी अधिकारीसहित पाँचजनाको मृत्यु भएको उक्त हिंसाका लागि ट्रम्पले आफ्ना समर्थकलाई उक्साएको आरोप छ । ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *