विदेश

भारतमा देखियो रहस्यमयी रोग, बिरामीको रगतमा भेटियो रसायनिक पद्धार्थ

हिमालय टिभी
२०७७ मंसिर २४ गते १८:३२
भारतमा देखियो रहस्यमयी रोग, बिरामीको रगतमा भेटियो रसायनिक पद्धार्थ

२४ मंसिर, २०७७ नयाँ दिल्ली । भारतमा रहस्यमयी रोगका कारण बिरामी परेकाहरुको रगतमा लिड र निकेल धातुको भारी परिमाण देखिएको छ ।

शनिबार आन्ध्र प्रदेशको इलुरु भन्ने स्थानमा पाँच सयभन्दा बढी मानिस एकै पटक बिरामी परेका थिए । उनीहरुमध्ये कम्तिमा एक जनाको मृत्यु भएको थियो ।

बिरामीहरुको परीक्षण गर्दा उनीहरुको रगतमा हानिकारक रसायन लिड र निकेल भेटिएको स्वास्थ्य अधिकारीले बताएका छन् । ती बिरामीमा रिंगटा लाग्ने, वाकवाकी लाग्ने र बेहोस हुने लक्षण देखिएको थियो ।

ती बिरामीमा कोभिड नाइन्टिन भने नेगेटिभ देखिएको थियो । चार सय भन्दा बढी बिरामी डिस्चार्ज भइसकेका छन् । तर केही बिरामीमा फेरी सोही प्रकारको समस्या आएको बताइएको छ ।

तरकारीमा छरिने किटनासक र खराब दूधका कारण मानिसहरु बिरामी परेको हुन सक्ने आशंका गरिएको छ । जिल्लाबाट तरकारी र दुघको नमूना लिएर परीक्षणका लागि पठाइएको बताइएको छ । शुरुमा प्रदुषित पानीका कारण मानिए पनि पानीको नमूनामा लिड र निकेलको भेटिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *