शान्ति प्रक्रिया अघि ढाउन अमेरिका र तालिवान समूहबीच छलफल शुरु

२२ मंसिर, २०७७ दोहा । अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारमा छलफल शुरु भएको छ ।
अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि अमेरिका र तालिवानबीच बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल शुरु भएको हो ।
अफगानिस्तानस्थित तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफल शुरू भएको जानकारी दिएका छन् ।
उनले आफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उपनेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हकिमले शान्ति प्रक्रिया तथा बाँकी कैंदीको रिहाईका लागि हालै दोहामा छलफल भएको जानकारी गराएको बताए ।
अफगानी विद्रोही तथा सत्ताधारी समूहले शान्ति प्रक्रियाका कामलाई निरन्तरता दिइरहेको र यो अफगानी युद्ध अन्त्यका लागि निकै सकारात्मक तथा विश्वासिलो आधार भएको उनको भनाइ छ ।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले वार्ताका लागि नेतृत्व समिति निर्माण भएकोमा यसको स्वागत गरेको छ ।
समितिको अध्यक्षमा डाक्टर अब्दुल्लाह अब्दुल्लाह र अफगानी राजनीतिक क्षेत्रका हस्तीहरूले समितिलाई सफल पार्ने र अफगानिस्तानमा स्थायी शान्ति हुनेमा अमेरिकाले विश्वास प्रकट गरेको छ ।
प्रतिक्रिया