विदेश

इजरायलमा कोरोना भाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण शुरु

हिमालय टिभी
२०७७ कार्तिक १७ गते ७:२२
इजरायलमा कोरोना भाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण शुरु

१७ कात्तिक, २०७७ इजरायल । इजरायलमा कोरोनाभाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण शुरु भएको छ।

खोपको क्लिनिकल परीक्षण शुरु भएको इजरायली अधिकारीहरूले बताएका हुन् । खोपको शुरुवात शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयंसेवकमाथि गरिएको हो ।

इजरायलले पहिलो चरण ८० जना तथा दोस्रो चरणमा ९ सय ८० जनामा खोपको परीक्षण गर्नेछ । त्यस्तै अन्तिम चरणमा अप्रिल वा मे महिनासम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले इजरायली परीक्षण विश्वव्यापी रूपमा हाल परीक्षणमा रहेका अग्रणी ४० खोपहरुमध्ये एक रहेको जनाएको छ ।

कोरोना कमहामारीकै शुरुवातमै प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोभिड(नाइन्टिन भाइरसविरूद्धको खोप विकास गर्न निर्देशन दिएका थिए ।

इजरायलमा अहिलेसम्म झण्डै तीन लाख १५ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा दुई हजार ५ सय ५४ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *