दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार

१९ असोज, २०७७ स्वीडेन । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।
स्वीडेनको नोबल एसेम्ब्लीले हार्भी अल्टर, मिचेल हग्टन र चाल्र्स राइसलाई संयुक्त रुपमा यो पुरस्कार दिने घोषणा गरेको हो । पुरस्कार पाउने अल्टर र राइस अमेरिकी वैज्ञानिक हुन् भने हग्टन बेलायती हुन् ।
उनीहरुलाई हेपाटाइटिस सी भाइरसविरुद्धको खोपको खोजीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै नोबल पुरस्कार दिने घोषणा गरिएको हो ।
पुरस्कारसँगै उनीहरुले स्वर्ण पदक र एघार लाख १८ हजार अमेरिकी डलर पुरस्कार समेत पाउनेछन् । यस वर्ष घोषण गरिएको यो पहिलो विधाको पुरस्कार हो ।
भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधाको नोबेल पुरस्कार घोषणा हुन बाँकी नै छ ।
यसअघि विषेश कार्यक्रम गरेर विजेतालाई पुरस्कार दिने घोषणा गर्ने प्रचलन थियो । तर, कोरोना भाइरसका कारण यो पटक कुनै समारोह हुनेछैन ।
प्रतिक्रिया