हस्ताक्षर

विपक्षी गठबन्धन १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चमा

१० जेठ २०७८ काठमाडौं । विपक्षी गठबन्धनका सांसदले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा...

नक्कली हस्ताक्षरका आधारमा प्रधानमन्त्री दाबी गरेको प्रधानमन्त्री ओलीको आरोप (भिडियोसहित)

९ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलले नक्कली हस्ताक्षरका आधारमा प्रधानमन्त्रीको दाबी गरेको दाबी गर्नुभएको छ । बालुवाटारमा नेकपा एमाले निकट पत्रकारको संगठनले गरेको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...

जनमोर्चाका सांसदले हस्ताक्षर नगर्दा गण्डकीमा विपक्षी गठबन्धनको बहुमत पुगेन

२८ वैशाख २०७८ पोखरा । राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ । जनमोर्चा नेता थापाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन अस्वीकार गर्नुभएको छ । खिमविक्रम शाही र पियारी...

गण्डकीमा विपक्षी दलहरु बहुमत सदस्यको हस्ताक्षर बुझाउने तयारीमा

२६ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गर्न एक जुट भएका दलले भोलि प्रदेश प्रमुख समक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाउने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता नेता कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश प्रमुखले तोकेकै समयमा...

पाँचौं शिखर सम्मेलनमा तीन सम्झौतामा हस्ताक्षर गर्ने बिमस्टेकको निर्णय

२० चैत २०७७ काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को १७औँ मन्त्रीस्तरीय बैठकले श्रीलंकामा हुने पाँचौँ शिखर सम्मेलनमा तीन सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । श्रीलंकाले यही वर्ष आयोजना गर्ने पाँचौँ शिखर सम्मेलनमा बिमस्टेक...

नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर

१० चैत २०७७ ढाका । नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक...

उद्योगको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर

१७ फागुन २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग विभागबीच उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने विषयमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गर्नुभएको...

नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा आज हस्ताक्षर हुने

८ माघ २०७७ काठमाडौं । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि आज दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर हुने भएको छ । प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन जना सांसदद्वारा हस्ताक्षर फिर्ता

५ माघ २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेमध्येका ३ जना प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । तीनै जना सांसद झापाका हुन् । जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास...

नेकपा प्रचण्ड-माधव समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरु निर्वाचन आयोगमा बुझाएको छ । प्रचण्ड–माधव समूहको मंगलबार बसेको केन्द्रीय कमिटीको निर्णयबाट अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको...