Main News

सर्वोच्चमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने एमाले नेपाल समूहको अडान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १९ गते १९:१२
सर्वोच्चमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने एमाले नेपाल समूहको अडान (भिडियो रिपोर्टसहित)

१९ असार २०७८ काठमाडौं । एमालेको नेपाल–खनाल समूहका निवर्तमान सांसदले सर्वोच्च अदालतमा हालेको रिटबाट हस्ताक्षर फिर्ता नलिने अडान राखेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले आज गरेको छलफलमा उनीहरुले प्याकेजमा सहमति नभइ हस्ताक्षर फिर्ता लिन नहुने बताएका हुन् । काठमाडौंको एक कलेजमा भएको भेलामा संस्थापन पक्षले दिएको निर्देशनबारे छलफल भएको छ ।

भेलामा अधिकांश सांसदले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पेल्ने योजनामा अघि बढेको भन्दै झुक्न नहुने धारणा राखेका थिए ।

यसअघि पनि धेरै निर्देशन आइसकेको भन्दै उनीहरुले सर्वोच्च अदालतको फैसलापछि राजनीति नै अर्कै कोर्षमा जान सक्ने आंकलन पनि गरेका छन् ।

सर्वोच्चको फैसलापछि संस्थापनसँग निर्णायक छलफल गरेर अघि बढ्नुपर्ने पनि सांसदहरुले नेता नेपाललाई सुझाव दिएका छन् । उक्त अवसरमा नेता नेपालले पनि यही अवस्थामा अध्यक्ष ओलीसँग मिल्न नसकिने बताउनुभयो ।

उहाँले पछिल्लो समय कार्यदलमा भएका सहमतिबाट समेत ओली पछि हटेको भन्दै उहाँले यही अवस्थामा मिल्नु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरेजस्तै हुने बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *