खेलकूद

मेस्सीले गरे इन्टर मियामीसँगको सम्झौतामा हस्ताक्षर

हिमालय टिभी
२०८० असार ३१ गते ९:१५
मेस्सीले गरे इन्टर मियामीसँगको सम्झौतामा हस्ताक्षर

३१ असार २०८० काठमाडौं । लियोनल मेस्सीले इन्टर मियामीसँगको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अर्जेन्टिनाका फरवार्ड मेस्सीले अमेरिकी एमएलएस क्लब मियामीसँग २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

इन्टर मियामीका एक लगानीकर्ता डेभिड बेकह्यामले हस्ताक्षरसँगै सपना साकार भएको बताए । उनले इन्टर मियामी र अमेरिकामा खेलको अर्को चरण शुरु गर्न पाउँदा धेरै उत्साहित भएको प्रतिक्रिया दिए ।

यसअघि युरोप बाहिर कुनै क्लबबाट नखेलेका उनले यो आफ्ना लागि एक उत्कृष्ट अवसर रहेको जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्