Political Hightlights

नेपाल–खनाल समूहलाई हस्ताक्षर फिर्ता लिन दिइएको समयसीमा आज सकिँदै

हिमालय टिभी
२०७८ असार २१ गते १३:०४
नेपाल–खनाल समूहलाई हस्ताक्षर फिर्ता लिन दिइएको समयसीमा आज सकिँदै

२१ असार २०७८ काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल–खनाल समूहले गरेको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम आज साँझ सकिँदैछ ।

गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले आज बेलुका ५ बजेसम्मको अल्टिमेटम दिँदै हस्ताक्षर फिर्ता नलिए वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरु एमाले नै नरहने चेतावनी समेत दिनुभएकव थियो ।

एमाले केन्द्रीय कमिटीको असार १८ र १९ गते बसेको बैठकले देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसला आउँदासम्म जजसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने बताइसक्नुभएको छ ।

विघटित प्रतिनिधिसभाका २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको रिटमा हस्ताक्षर गरेका छन् । संवैधानिक इजलासमा भइरहेको उक्त रिटमाथिको सुनुवाइ आज सकिँदैछ ।

केन्द्रीय कमिटी बैठकमार्फत अध्यक्ष ओलीले हस्ताक्षर फिर्तालाई पार्टी एकताको शर्त बनाउनुभएको छ । तर नेपाल पक्षले भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला कुर्ने भन्दै हस्ताक्षर फिर्ता नलिने अडान कायमै राखेको छ ।

हस्ताक्षर फिर्ता बाहेक अन्य विषयमा सहमति गरेर पार्टी एकताको प्रक्रिया अघि बढाउन सकिने नेपाल पक्षको तर्क छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले अदालतमा सुनुवाइ नसिँकदै एमालेका सांसदहरुको समर्थन देउवालाई नरहेको सन्देश दिन खोज्नुभएको छ ।

यसैबीच आज पनि हस्ताक्षर फिर्ता र एकताको सन्देश दिनेगरी संयुक्त विज्ञप्ति जारी गराउन दोस्रो तहका नेताबीच छलफल हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्