Main News

एमसीसी पास गर्न प्रचण्डसँग लिखित हस्ताक्षर गरेको प्रधानमन्त्री देउवाको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १८ गते १८:५३
एमसीसी पास गर्न प्रचण्डसँग लिखित हस्ताक्षर गरेको प्रधानमन्त्री देउवाको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पास गर्ने बताउनुभएको छ ।

बेलायतमा भएको कोप–२६ कार्यक्रममा सहभागी भएर नेपाल फर्किएका प्रधानमन्त्री देउवाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग एमसीसी पास गर्न आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र पठाएको जानकारी पनि दिनुभयो ।

उहाँले एमसीसी पास नगरि संसद अधिवेशन अन्त्य गरेको विषयमा एमसीसीकी डेपुटी सीइओले चासो राखेको बताउनुभयो । प्रधानमन्त्री देउवाले केही अध्यादेश ल्याउनै पर्ने भएकाले संसद अधिवेशन अन्त्य गरेको र त्यसले एमसीसी कार्यान्वयनमा समस्या नपर्ने बताउनुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गर्नुभयो । उहाँले गठबन्धनका विषयमा कुनै पनि शंका नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री गत सोमबार र मंगलबार आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा कात्तिक १२ गते लण्डन जानु भएको थियो ।

प्रधानमन्त्री नेतृत्वको टोली कतार एयरवेजको उडानबाट दोहा हुँदै आज बिहान काडमाडौँ आइपुगेको हो । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उहाँ बाहेक भ्रमण टोलीमा रहेकाअन्य सबैजना स्वदेश फर्किंएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *