Main News

अमेरिका भ्रमणका बेला कुनै पनि कागजमा हस्ताक्षर नगर्न प्रधानमन्त्रीलाई सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ३ गते १४:३५
अमेरिका भ्रमणका बेला कुनै पनि कागजमा हस्ताक्षर नगर्न प्रधानमन्त्रीलाई सुझाव (भिडियो रिपोर्टसहित)

३ असार २०७९ काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणका बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्दा ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेका बेला नेता नेपालले कहिलेकाहीँ थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको हो ।

आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले कूटनीतिमा दबाब मात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताउनुभएको हो ।

नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को बारेमा सुरुदेखि अहिलेसम्म के–के भयो भनेर सरकारले यथार्थ जानकारी दिनुपर्ने पनि बताउनुभएको छ ।

बैठकमा नेकपा एमालेका नेता भीम रावलले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन सरकारलाई सुझाव दिनुभएको छ ।

अमेरिकाले एसपीपी नेपालले नलिन पनि सक्छ भनिसकेको भन्दै रावलले परराष्ट्र मन्त्रीले पत्र पठाएर नलिने भन्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *