सुनसरी

सुनसरीमा आजदेखि मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी

२४ कात्तिक, २०७७ विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले कोरोना संक्रमणको जोखि बढिरहेकाले यस्तो निषेधाज्ञा जारी गरेको...

कोरोना संक्रमणबाट सुनसरीमा ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु

१९ कात्तिक, २०७७, सुनसरी । कोरोना संक्रमणबाट सुनसरीमा ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–६ की ९ वर्षीया बालिका...

कोरोना संक्रमणका कारण नवलपरासीमा दुई, सुनसरी र बाँकेमा थप एकएक जनाको मृत्यु

१५ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नवलपरासीमा दुई तथा सुनसरी र बाँकेमा थप एकएक जनाको मृत्यु भएको छ । होम आइसोलसनमा बसेका पूर्वी नवलपरासीका दुई जना कोरोना संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर २ की...

मोरङमा दुई र सुनसरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

२३ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट आज सुनसरी र मोरङमा दुईदुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो। सुनसरीको इटहरी उपमहानगरपालिकाका ६८ वर्षीय पुरुष र दुहबी...

सुनसरी, चितवन र कास्कीमा गरिएको परीक्षणमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि

१७ असोज, २०७७ काठमाडौं । सुनसरी, चितवन र कास्कीमा गरिएको परीक्षणमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाका ७ कर्मचारीसहित धरानका ६१ जनामा संक्रमण भएको...

मोरङ र सुनसरीमा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

१७ असोज, २०७७ काठमाडौं । पछिल्लो समय मोरङमा र सुनसरीमा एकएक गरी दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका...

बलात्कार प्रयासको प्रतिकार गर्दा सुनसरीमा १२ वर्षीया बालिकाको हत्या

११ असोज, २०७७, विराटनगर । सुनसरीको बराहक्षेत्रमा बलत्कारीविरुद्ध प्रतिकारमा उत्रिँदा आफन्तबाट एक बालिकाको हत्या भएको छ । बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मिना राईको नाताले मामा पर्ने रञ्जीत राईले बलात्कारको प्रयासपछि प्रतिकार गर्दा बालिकाको हत्या गरेको खुलेको छ। शनिबार...

सुनसरीको इटहरीमा कोरोना संक्रमितलाई राख्न सय बेडको आइसोलेसन सञ्चालन

५ असोज, २०७७ सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले लक्षण नदेखिएका संक्रमितलाई राख्न सय बेडको आइसोलेसन संचालनमा ल्याएको छ । इटहरी रंगशालामा १६ वटा शौचालय,४ वटा वाथरुम,२ वटा लुगाधुने ठाउँसहितको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । लक्षण नदेखिएका कोभिड...

सुनसरीमा ११ जना नेपाली सेनासहित १९ जनाको कोरोना संक्रमण पुष्टि

१८ भदौ, २०७७, सुनसरी । सुनसरीको धरानमा पछिल्लो २४ घण्टामा ११ जना नेपाली सेनासहित १९ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार फुस्रेस्थित आर्मी क्याम्पका ११ जना सैनिकहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै, ५...

सुनसरीका विभिन्न प्रहरी कार्यालयका २१ थुनुवासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि

९ भदौ, २०७७, सुनसरी । सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र...