सुनसरीको रामधुनको मेयर, उपमेयरमा एमाले विजयी

५ सुनसरी २०७९ सुनसरी । सुनसरीको रामधुन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय रामधुनीले दिएको जानकारी अनुसार मेयरमा एमालेका शंकरलाल चौधरीले ८२३८ ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सुदीप अधिकारीले ७४४४ मत ल्याए ।
उपमेयरमा पनि एमालेकै तारा थापा ७८८९ मत ल्याएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी आशाकुमारी चौधरीले ६४४६ मत ल्याइन् । नगरको वडा नम्बर २, ३, ४, ७ र ८ मा एमाले, वडा नम्बर १, ५ र ६ मा काँग्रेस तथा वडा नम्बर ९ मा नेकपा (एकीकृत समाजवादी) विजयी भएका छ ।
२०७४ सालको निर्वाचनमा रामधुनीको मेयरमा नेपाली काँग्रेसका जयप्रकाश चौधरी र उपमेयरमा एमालेकी सविता कुमारी चौधरी विजयी भएका थिए ।
प्रतिक्रिया