Main News

सुनसरी ३ बाट एमालेकी चौधरी विजयी, गच्छदार पराजित

हिमालय टिभी
२०७९ मंसिर १३ गते १६:५५
सुनसरी ३ बाट एमालेकी चौधरी विजयी, गच्छदार पराजित

१३ मंसिर २०७९ सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमाले उम्मेदवार भगवती चौधरी विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । जारी मतगणनामा ४ हजार १ सय ३४ मत भने गन्न बाँकी छ । पछिल्लो मतगणना अनुसार चौधरीले ३९ हजार २९७ मत पाउनुभएको छ।

गच्छदारले ३३ हजार ८६३ मत पाउनुभएको छ। चौधरी २०७० को निर्वाचनदेखि गच्छदारसँग निरन्तर पराजित हुँदै आउनुभएको थियो । उहाँ दोस्रो संविधानसभा निर्वाचनमा गच्छदारसँग ३६२ मतले र २०७४ मा ३ सय २१ मतान्तरले पराजित हुनुभएको थियो ।

सुनसरी ३ बाट बहुदलपछि गच्छदारले एकलौटी चुनाव जित्दै आउनुभएको थियो । गच्छदारले सुनसरीबाट २०४८, २०५१, २०५६, २०६४ र २०७४ मा निर्वाचन जित हासिल गर्नुभएको थियो ।

गच्छदारले २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम, २०७० फोरम लोकतान्त्रिकमा गएर समेत सो क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बनमा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *