सुनसरीमा घरभित्रै पड्कियो बम, दुई जना घाइते
१५ चैत २०७८ सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी २ नवजागृति टोलमा कोठा भाडामा बस्ने २२ वर्षीय रविन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ बम विस्फोटबाट घाइँते भएका हुन् ।
हिजो राती १० बजे थापाको कोठाभित्रै बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये थापको विराटनगरमा रहेको आँखा अस्पताल र अर्का घाइते गुरुङको धरानस्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएको प्रहरी अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । घटानस्थलमा हिमाल सुरक्षा परिषद् नेपाल लेखिएको पर्चासमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उक्त बम थापाको झोलामा नै सो विस्फोटक पदार्थ रहेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनासम्बन्धमा अनुसन्धान भइहरको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षाक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया