Main News
सुनसरी १ बाट प्रतिनिधिसभामा जसपाका अशोककुमार राई निर्वाचित
२०७९ मंसिर १२ गते ८:५६

१२ मंसिर २०७९ सुनसरी । सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादीका नेता अशोक कुमार राई विजयी हुनु भएको छ ।
राई राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङलाई १७ हजार ५९ मतले पराजित गरेर निर्वाचित हुनु भएको हो । तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गर्नु भएको छ ।
सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत प्राप्त गर्नु भएको छ भने स्वतन्त्र मनोज मेन्याङ्बोले ७ हजार ८ सय १२ र राप्रपाका अशोक अविरल राईले ७ हजार ८ सय ८४ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया