कैलाली

दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पताल

२७ माघ २०७७ धनगढी । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग सम्झौता...

कैलालीको गौरीगंगा–१० मा भैंसी पालनको लहर, के भन्छन् किसान ? (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ कैलाली । कैलालीको गौरीगंगा नगरपालिका १० उदासिपुरका ५३ परिवार भैंसी पालेर आर्थिक रुपमा सवल बन्दै गएका छन् । ३ वटै तहका सरकारले भैंसी प्रवर्द्धन कार्यक्रमका लागि आर्थिक सहयोग गरेपछि किसान यो व्यवसायमा लागेका हुन् । चरनको...

कैलालीमा माटोको ढिस्कोमा पुरिँदा तीन जनाको मृत्यु, दुई जना घाइते

२४ माघ २०७७ कैलाली । कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ अरु दुई जना घाइते भएका छन् । घर लिपपोतका लागि आज बिहान माटो लिन गएका पूर्व खैरीफाँटका १७ वर्षकी धनसरी विक,...

कैलालीका किसानका दुख: धान बेच्न ४ दिन डिपोमै (भिडियोसहित)

१५ मंसिर, २०७७ धनगढी । धनगढीको मोहनपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा धान विक्री गर्ने किसानको लाइन छ । तर खरिद विक्रि प्रक्रिया सहज नहुँदा धान बेच्न आएका किसान चार दिनसम्म खुला आकासमुनि बस्न बाध्य छन्...

कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु

२१ कात्तिक, २०७७, धनगढी । कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो । कैलालीको गौरीगंगा नगरपालिकाका वडा...

कोरोना संक्रमितको शव व्यवस्थापनलाई लिएर कैलालीमा तनाव (भिडियोसहित)

१३ कात्तिक, २०७७, धनगढी । कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव गाडिएपछि धनगढीमा तनाव सिर्जना भएको छ । मानव बस्तीको बीचमा रहेको कव्रस्तानमा शव व्यवस्थापन गरिएसँगै स्थानीयले विरोध गरेका हुन् । बस्ती नजिकै शव व्यवस्थापन गरिएपछि धनगढी उपमहानगरपालिका–१...

तस्करी रोक्न खोज्दा कैलालीमा प्रहरीको हत्या, सात जना सार्वजनिक (भिडियोसहित)

४ कात्तिक, २०७७ कैलाली । दाल तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका दुई प्रहरीको हत्या भएको खुलेको छ । जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदले तस्करीमा अवरोध गरेकै कारण हत्या गरेको...

कैलालीमा तस्करी रोक्न खोज्दा दुई प्रहरीको हत्या भएको खुलासा, सात जना पक्राउ

४ कात्तिक, २०७७ कैलाली । तरकारी तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका दुई प्रहरीको हत्या भएको खुलेको छ । जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदले तस्करीमा अवरोध गरेकै कारण हत्या गरेको...

कैलालीमा असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ

२ कात्तिक, २०७७, कैलाली । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्य...

कैलालीमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक मृत फेला, हवल्दार बेपत्ता

२ कात्तिक, २०७७, कैलाली । कैलालीमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् भने हवल्दार बेपत्ता रहेका छन् । जुगेडा चौकीबाट मोटरसाइकलमा सीमा क्षेत्रमा गस्तीमा गएका चौकीका इञ्चार्ज असई गोविन्द विकको शव मोहना नदीमा फेला परेको हो...