कैलालीको सीतापुरः घर–घरमा ग्यासको पाइप लाइन (भिडियो रिपोर्टसहित)

२०८० भदौ ९ गते १८:०८
कैलालीको सीतापुरः घर–घरमा ग्यासको पाइप लाइन (भिडियो रिपोर्टसहित)

९ भदौ २०८० कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर २ सीतापुर बस्तीमा पाइपलाइनबाट घर घरमा ग्यास पुर्‌याउन थालिएको छ ।

दाउराको भरमा खाना पकाइरहेका सीतापुरका नागरिकलाई भान्सामै ग्यास आएपछि सहज भएको छ ।

आफ्नो भान्सामै पाइपलाइन जडान भएर ग्यास आउन थालेपछि कैलाली टीकापुर नगरपालिको सीतापुर बस्तीका ५५ घर परिवारलाई सहज भएको छ ।

नगरपालिकाको वडा नम्बर ५ स्थित सामुदायिक चौपाया व्यवस्थापन केन्द्रमा बायो ग्यास प्लान्ट संचालनमा आएपछि घरघरमा ग्यास पुगेको हो। उपभोक्ताले अहिले विहान र बेलुका २(२ घण्टा निशुल्क ग्यास बाल्न पाएका छ्न् ।

२ सय घनमिटर क्षमताको बायोग्यास प्लान्टले १५० घरघुरीलाई ग्यास पुर्‍याउन सकिन्छ । अहिले परिक्षणको क्रममा रहेकाले ५५ घरमा ग्यास पुर्याएको छ । प्लान्ट संचालनको जिम्मा गौशालालाई दिएपछि उपभोक्ताले २४ सै घण्टा ग्यास उपभोग गर्न पाउने छन ।

१ करोड साठी लाख लागतमा नेपाल उर्जा कम्पनीले ग्यास प्लान्ट निर्माण गरेको हो । ग्यास सङ्गै सामुदायिक चौपायाको गोबरबाट मल पनि बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *