प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालो झण्डा
२०८० असोज २९ गते १७:२३
२९ असोज २०८० कैलाली । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाइएको छ ।
आज कैलालीको लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले प्रधानमन्त्री दाहाललाई कालो झण्डा देखाएका हुन्।
व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघाती एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको पार्टीले जनाएको छ।
प्रतिक्रिया