Main News

कैलाली–३ मा फराकिलो मतान्तरसँगै नागरिक उन्मुक्ति पार्टी अगाडि

२०७९ मंसिर ६ गते १२:२७
कैलाली–३ मा फराकिलो मतान्तरसँगै नागरिक उन्मुक्ति पार्टी अगाडि

६ मंसिर २०७९ अत्तरिया । कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् ।

पछिल्लो ५५ हजार चार सय दुई मतगणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गाराम चौधरीको २० हजार दुई सय ३४ मत पाएर अघि बढेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीको १४ हजार नौ सय ४६, नेकपा (एमाले)का उम्मेदवार गौरीशङ्कर चौधरीको छ हजार दुई सय ६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको छ हजार ६ सय ९२ मत पाउनु भएको छ । यहाँ तीन हजार पाँच सय ५० मत बदर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *