कैलालीमा गर्मीको मार, बिरामीको बढ्दो चाप (भिडियो रिपोर्टसहित)

२०८० जेठ २६ गते २०:२६
कैलालीमा गर्मीको मार, बिरामीको बढ्दो चाप (भिडियो रिपोर्टसहित)

२६ जेठ २०८० कैलाली । केही दिनदेखि पश्चिम तराईका कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मीसँगै लू चलेको छ । विद्यालय बन्द छन् । बजारमा चहलपहल शुन्य प्रायः छ । अस्पतालमा बिरामीको चाप बढेको छ ।

कैलालीमा केहि दिन यता तापक्रम ४० डिग्री पुगेको छ । अत्यधिक गर्मीका कारण विद्यालय बन्द गरिएको छ । बजार क्षेत्रमा मानिसको आवतजावत निकै कम छ । सेती प्रादेशिक अस्पतालमा बिरामीको चापसमेत बढेको छ । ‍गर्मी बढ्दा झाडापखाला, अपच, बेहोस हुने, अत्यधिक टाउको दुख्ने, ज्वरो, रुघाखोकी, टाइफाइडको संक्रमण भएको छ ।

सामान्यतया सेती प्रादेशीक अस्पतालको ओपीडीमा ५ सयको हाराहारीमा बिरामी आउने गरेका थिए । अहिले बिरामीको चाप दोब्बर भएको छ । बिरामीको चाप बढ्दा अस्पतालबाट राम्रो सेवा पाउन नसकेको सेवाग्राहीको गुनासो छ ।

तर अस्पताल बिरामीको चाप बढे पनि सेवा प्रवाहमा समस्या नभएको दाबी गर्छ ।

हावा पानी फिल्ड कार्यालय अत्तरियाले कैलाली र कञ्चनपुरको तापक्रम लगातार एक साता ४० डिग्री नाघ्ने अनुमान गरिएको छ । आगामी बिहीवारबाट यी दुई जिल्लामा तापक्रम घट्ने र आंशिक वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *