Main News

थ्रेसरमा कपडा बेरिँदा कैलालीमा एक महिलाको मृत्यु

हिमालय टिभी
२०७९ कार्तिक ७ गते ८:५५
थ्रेसरमा कपडा बेरिँदा कैलालीमा एक महिलाको मृत्यु

७ कात्तिक २०७९ कैलाली । थ्रेसरमा धान हाल्ने क्रममा भएको दुर्घटनामा कैलालीमा एक महिलाको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका ३ भर्रीटोलकी ४५ वर्षका बिना चौधरीको मृत्यु भएको हो ।

आफ्नै घर नजिकैको खेतमा थ्रेसरमा धान हाल्ने क्रममा चौधरीको पटुकी थ्रेसरमा फसेर बेरिएपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *