विदेश

भारतमा उत्पादित रुघाखोकीका औषधि प्रयोग नगर्न डब्ल्यूएचओको सुझाव

हिमालय टिभी
२०७९ असोज २० गते १५:०३
भारतमा उत्पादित रुघाखोकीका औषधि प्रयोग नगर्न डब्ल्यूएचओको सुझाव

२० असोज २०७९ न्युयोर्क । विश्व स्वास्थ्य संगठनले भारतको एक कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा(खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।

गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओले यस्तो चेतावनी जारी गरेको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप उत्पादन गरेको र ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको बताए ।

डब्ल्यूएचओले यसबारे थप जाँच गरिरहेको छ । यो दूषित उत्पादन हालसम्म गाम्बियामा मात्र पाइएको तर अन्य देशहरुमा पनि वितरण भएको हुनसक्ने डब्ल्यूएचओको भनाइ छ ।

डब्ल्यूएचओले सबै देशलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ । डब्ल्यूएचओले ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा नमिलेको बताएको छ ।

प्रतिक्रिया

One thought on “भारतमा उत्पादित रुघाखोकीका औषधि प्रयोग नगर्न डब्ल्यूएचओको सुझाव

  1. यश कम्पनीको औसधि नेपालमा आउँछ कि आउदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *