विदेश

विभिन्न मुलुकमा फैलिएको हैजा प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित

हिमालय टिभी
२०७९ असोज १५ गते ९:३१
विभिन्न मुलुकमा फैलिएको हैजा प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित

१५ असोज २०७९ न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वभर फैलिरहेको हैजाको प्रकोपप्रति चिन्ता व्यक्त गरेको छ ।

सन् २०१७ देखि २०२१ को अवधिमा प्रत्येक वर्ष २० भन्दा बढी मुलुकमा हैजाको प्रकोप देखिएको सङ्गठनले जनाएको छ ।

सङ्गठनको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले सन् २०२१ मा औसत मृत्युदर अघिल्लो पाँच वर्षको तुलनामा झण्डै तीन गुणाले बढेको बताउनुभयो ।

लामो समयदेखि घटिरहेको हैजाको सङ्क्रमण र मृत्युदर पुनः विश्वब्यापी रुपमा बढ्नु चिन्ताको विषय रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *