विदेश

ईयुअन्तर्गतका राष्ट्रले हरेक वर्ष १३ करोड टनभन्दा बढी खाना खेर फाल्दै

हिमालय टिभी
२०७९ असोज ७ गते ९:१५
ईयुअन्तर्गतका राष्ट्रले हरेक वर्ष १३ करोड टनभन्दा बढी खाना खेर फाल्दै

७ असोज २०७९ ब्रसेल्स । यूरोपेली सङ्घ (ईयू) अन्तर्गतका राष्ट्रहरूले हरेक वर्ष १३ करोड टनभन्दा बढी खाना खेर फाल्ने गरेको एक अध्ययनले देखाएको छ ।

सूर्यमुखी तेल, गहुँ र जौका लागि युक्रेनमा निर्भर रहेको युरोपले त्यहाँबाट निर्यात गरिएकोमध्ये आधा गहुँ खेर फाल्ने गरेको फिडब्याक ईयूले गरेको अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार खेतमा बाली लगाउँदा र उठाउँदा पनि खाद्यान्न खेर फाल्ने गरिन्छ ।

फिडब्याक ईयूका वरिष्ठ नीति र अभियान प्रबन्धक मार्टिन बोम्यानले फोहोरका रूपमा खाना खेर फ्याक्नु भनेको मानिसहरूका लागि थप खर्च बढाउनु रहेको भन्दै जलवायु सङ्कटबाट बच्न यो महत्वपूर्ण रहेको बताउनुभयो ।

संयुक्त राष्ट्र खाद्य र कृषि सङ्गठन (एफएओ) का अनुसार युक्रेन–रुस युद्धका कारण गत महिना विश्वव्यापी खाद्यान्न मूल्यहरू एक वर्षअघिको तुलनामा ८ प्रतिशतले बढेको थियो ।

गहुँ, मकै र भटमासको मूल्यले यस वर्ष २००८ को विश्व वित्तीय सङ्कटका बेलाभन्दा पनि बढी उचाइ लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *