बिशेष

हमासको आक्रमणमा परी इजरायलमा दश जना नेपालीको मृत्यु भएको पुष्टि

हिमालय टिभी
२०८० असोज २१ गते २०:३७
हमासको आक्रमणमा परी इजरायलमा दश जना नेपालीको मृत्यु भएको पुष्टि

२१ असोज २०८० काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पञ्चनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

त्रिवेणी–१ सल्यानका, प्रमोद केसी भजनी(४ कैलालीका, वीरेन्द्र चौधरी, शारदा (२ सल्यानका विधान सेजुवाल, दंगीशरण(३ दाङका प्रविण डाँगी
टीकापुर –९ कैलालीका धनबहादुर चौधरी, र गोरखा८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन । यस्तै भीमदत्त नगरपालिका(३ कञ्चनपुरका विपीन जोशी बेपत्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *