खेलकूद

विश्वकप लिग–२ क्रिकेटमा आज नेपाल र युएई भिड्दै

हिमालय टिभी
२०७९ फागुन २२ गते ९:१८
विश्वकप लिग–२ क्रिकेटमा आज नेपाल र युएई भिड्दै

२२ फागुन २०७९ काठमाडौं । युएईमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गत सिरिजको अन्तिम खेल आज नेपालले घरेलु टोली युएईसँग खेल्दैछ ।

यस सिरिजको अन्तिम खेलमा नेपालले युएईको सामना गर्न लागेको हो । नेपाल र दुएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा शुरु हुनेछ ।

पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्