खेलकूद

नेदरल्याण्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा

हिमालय टिभी
२०७९ मंसिर २४ गते १६:२६
नेदरल्याण्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा

२४ मंसिर २०७९ दोहा । नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टोली विश्वकपबाट बाहिरिएपछि पद त्याग गरेको घोषणा गरेका छन् ।

तेस्रो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै उनले आफ्ना खेलाडीप्रति गर्व गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार साँझ अर्जेन्टिनासँग भएको क्वार्टर फाइनल खेलमा नेदरल्याण्ड्स पराजित भएपछि प्रशिक्षक गालले पदत्यागको घोषणा गरेका हुन् ।

अर्जेन्टिनासँगको रोमञ्चक एवम् तनावपूर्ण स्पर्धामा दुई–दुई गोलको बराबरी खेलेको नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको थियो ।

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई गोल बचाएपछि नेदरल्याण्ड्स पाखा लागेको हो । अब उसको सेमीफाइनल खेल्ने सपना अधुरो भएको छ ।

नेदरल्याण्ड्सलाई पाखा लगाएको लियोन मेस्सीको अर्जेन्टिनी टोली अब क्रोएसियासँगको सेमीफाइनलमा आमनेसामन हुनेछ । प्रशिक्षक गालले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका तथा उनीहरूसँग आफूले गर्विला क्षण बिताएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्