खेलकूद
प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड विजयी
२०७९ भदौ १७ गते ८:५९
१७ भदौ २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ ।
प्रिमियर लिगको पछिल्लो खेलमा युनाइटेडले लेष्टर सिटीलाई १–० ले हराएको हो । अवे मैदानमा युनाइटेडका लागि २३औं मिनेटमा जाडोन साञ्चोले गरेको गोल नै निर्णायक रह्यो ।
जितसँगै ५ खेलबाट ९ अंक जोड्दै युनाइटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उता समान खेलबाट १ अंक मात्र जोडेको लेष्टर तालिकाको पुछारमा छ ।
प्रतिक्रिया