खेलकूद

पहिलो टेष्टमा दक्षिण अफ्रिकासँग घरेलु टोली इंग्ल्याण्ड पराजित

हिमालय टिभी
२०७९ भदौ ४ गते ८:००
पहिलो टेष्टमा दक्षिण अफ्रिकासँग घरेलु टोली इंग्ल्याण्ड पराजित

४ भदौ २०७९ काठमाडौं । पहिलो टेष्टमा दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्याण्डलाई १२ रनले हराएको छ ।

दोस्रो इनिंग्समा १४९ रनमा अलआउट भएपछि इंग्ल्याण्ड १२ रनले पराजित भएको हो । यसअघि लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड पहिलो इनिंग्समा १६५ रनमा अलआउट भएको थियो ।

अफ्रिकाले पहिलो इनिंग्समा ३२६ रन बनाएको थियो । पहिलो इनिंग्समा १६१ रनले पछि परेको इंग्ल्याण्डले दोस्रो इनिंग्समा १४९ रन मात्र बनाउन सक्यो ।

दोस्रो इनिंग्समा इंग्ल्याण्डका एलेक्स लिस र स्टुवर्ड बोर्ड समान ३५–३५ रन जोडे । इंग्ल्याण्डलाई सस्तैमा समेट्न अफ्रिकाका एनरिक नोर्जेले ३ तथा मार्को जानसेन, काशिगो रबाडा र केशव महाराजले समान २–२ विकेट लिए ।

रबाडा म्यान अफ द म्याच चुनिए । जितसँगै तीन टेष्टको शृंखलामा पाहुना टोली अफ्रिकाले १० को अग्रता लिएको छ । दोस्रो टेष्ट बिहीबारदेखि शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्