खेलकूद

अष्ट्रेलियामा दुई नेपाली खेलाडीले जिते पदक

हिमालय टिभी
२०७९ साउन २२ गते १८:०५
अष्ट्रेलियामा दुई नेपाली खेलाडीले जिते पदक

२२ साउन २०७९ सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भएको तेक्वान्दो राष्ट्रिय छनोट खेलमा नेपाली खेलाडीले दुई वटा पदक जितेका छन्।

६३ किलो तौल समूहअन्तर्गत भएको खेलमा नेपाली मूलका खेलाडी रविन अधिकारीले रजत र विकल पौडेलले कास्य पदक हासिल गरेका हुन् । एन एस डब्लु राज्यको एन एस डब्लु राज्यस्तरीय प्रतियोगिता एवं आगामी राष्ट्रियस्तरको प्रतियोगिताका लागि भएको उक्त छनोटमा राज्यभरबाट ५ सय ३० जनाको सहभागिता रहेको थियो।

पौडेलले यसअघि नेपालमा राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण पदक हासिल गरिसकेका छन् भने तेस्रो र चौथो दक्षिण एसियाली खेलकुदमा समेत नेपालका तर्फबाट पदक हासिल गरेका थिए।

अधिकारीले पनि नेपालका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए। दुवै खेलाडी हाल अध्ययनका सिलसिलामा सिड्नीमा रहँदै आएका छन्। विद्यार्थी जीवनसँगसँगै खेलकुदमा पनि नेपालीहरुको रुचिलाई संस्थागत गर्न सफल भएकोमा प्रशिक्षक प्रकाश क्षेत्रीले पनि खुसी ब्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्