खेलकूद

इंग्ल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी–ट्वेन्टी शृंखलामा भारत विजयी

हिमालय टिभी
२०७९ असार २६ गते ८:१६
इंग्ल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी–ट्वेन्टी शृंखलामा भारत विजयी

२६ असार २०७९ काठमाडौं । भारतले इंग्ल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी–ट्वेन्टी शृंखला जितेको छ ।

दोस्रो खेलमा घरेलु टोली इंग्ल्याण्डमाथि ४९ रनको जित निकाल्दै भारतले शृंखलामा २–० को अग्रता बनाएको हो । १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३ ओभर अगावै १२१ रनमा अलआउट भयो ।

इंग्ल्याण्डका मोइन अलीले सर्वाधिक ३५ रन बनाए । त्यस्तै डाविड विली ३३ रनमा अविजित रहे । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

भारतका रबिन्द्र जडेजा ४६ रनमा अविजित रहँदा ऋषभ पन्तले २६ रन जोडे । इंग्ल्याण्डका क्रिस जोर्डनले ४ विकेट लिए । भुवनेश्वर कुमार म्यान अफ द म्याच चुनिए । पहिलो खेल भारतले ४९ रनले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्