Main News

मंसिरमा संघ र प्रदेशको निर्वाचन गर्ने आयोगको तयारी

हिमालय टिभी
२०७९ जेठ ३१ गते १८:३१
मंसिरमा संघ र प्रदेशको निर्वाचन गर्ने आयोगको तयारी

३१ जेठ २०७९ काठमाडौ । निर्वाचन आयोगले आगामी मंसिर महिनाको पहिलो सातासम्म संघ र प्रदेशको निर्वाचन गर्ने तयारी थालेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज पत्रकार सम्मेलन गर्दै आसन्न प्रदेश र संघको निर्वाचन मंसिरको पहिलो सातासम्म गर्ने गरेर आयोगले आन्तरिक तयारी थालेको बताउनु भएको हो ।

उहाँले आयोगले दुबै सरकारको एकै चरणमा निर्वाचन गर्ने आन्तरिक तयारी रहेको जानकारी पनि दिनुभयो ।

प्रवक्ता पौडेलले निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम शुरु गर्ने बताउनु भयो ।

प्रवक्ता पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मिति निकट भविष्यमा घोषणा हुने सम्भावनालाई मध्यनजर गरेर असार १ गतेदेखि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम शुरु गर्न लागेको बताउनु भयो ।

उहाँले हाल अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *