विदेश

युक्रेनी बन्दरगाहबाट गहुँ निर्यात गर्न रुसले सहजीकरण गर्ने

हिमालय टिभी
२०७९ जेठ १७ गते ७:३४
युक्रेनी बन्दरगाहबाट गहुँ निर्यात गर्न रुसले सहजीकरण गर्ने

१७ जेठ २०७९ मस्को । रुसका राष्ट्रपति भ्लालिमिर पुटिनले युक्रेनको बन्दरगाहबाट गहुँ निर्यातमा सहजीकरण गर्न तयार रहेको बताएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानसंगको टेलिफोन कुराकानीका क्रममा पुटिनले टर्कीसँगको समन्वयमा युक्रेनी बन्दरगाहबाट गहुँ निर्यातका लागि सहजीकरण गर्न तयार रहेको बताएका हुन् ।

कुराकानीका क्रममा पुटिनले पश्चिमाको अदूरदर्शी नीतिका कारण विश्वमा खाद्य संकट देखिएको आरोप लगाएको क्रेमलिनले जनाएको छ ।

मस्कोविरुद्धको प्रतिबन्ध हट्ने बित्तिकै मल र खाद्यान्न निर्यात गर्न आफु तयार रहेको पुटिनको भनाइ छ । रुस र युक्रेनले ब्ल्याक सीमार्फत विश्वमा २९ प्रतिशत गहुँ निर्यातको हिस्सा ओगटेका छन् ।

यस्तै विश्वमा निर्यात हुने ८० प्रतिशत सनफ्लावर तेल यी दुई मुलुकबाट निर्यात हुने गरेको छ । युक्रेन मकैको प्रमुख निर्यातकर्ता मुलुक पनि हो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण शुरु गरेयता गहुँ, सन फ्लावर तेललगायत अन्य खाद्यान्नका दर्जनौं कन्टेनर ब्ल्याक सीमा रोकिएका छन् । जसको असर विश्व बजारमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *