विदेश

विदेशी पर्यटकका लागि खुल्यो जापान

हिमालय टिभी
२०७९ जेठ १४ गते ८:०५
विदेशी पर्यटकका लागि खुल्यो जापान

१४ जेठ २०७९ टोक्यो । कोरोना महामारीका कारण दुई वर्षदेखि बन्द रहेको जापान विदेशी पर्यटकका लागि खुला गरिएको छ ।

९८ देशका पर्यटकका लागि सिमा खुला गरिएको हो । तर केही प्रतिबन्धात्मक व्यवस्थाहरु भने कायमै रहने अधिकारीहरुले जनाएका छन् ।

गत मार्च मध्यदेखि विदेशी विद्यार्थीहरूलाई पनि जापान प्रवेश अनुमति दिइएको छ। जापानमा कोरोना महामारी नियन्त्रणका लागि विश्वकै सबैभन्दा कडा नियमहरु लागू गरिएको थियो ।

जसको असर अर्थतन्त्रमा परेको छ । जापानको अर्थतन्त्रको प्रमुख हिस्सा रहेको पर्यटक आगमन २०२० मा ९० प्रतिशत घटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *