विदेश

हिंस्रक प्रदर्शन जारी रहेको श्रीलंकामा एक साताभित्र नयाँ सरकार गठन गर्ने राष्ट्रपतिको प्रतिवद्धता

हिमालय टिभी
२०७९ वैशाख २९ गते ९:०८
हिंस्रक प्रदर्शन जारी रहेको श्रीलंकामा एक साताभित्र नयाँ सरकार गठन गर्ने राष्ट्रपतिको प्रतिवद्धता

२९ वैशाख २०७९ कोलम्बो । श्रीलंकामा सरकार विरोधी हिस्रक प्रदर्शन जारी रहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले एक हप्ताभित्र नयाँ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विरोध मत्थर गर्ने प्रयासमा राष्ट्रपतिका भाई महिन्दा राजापाक्षे प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । यसअघि केन्द्रीय बैंकले दुई दिनभित्र नयाँ सरकार नबने अर्थव्यवस्था थप ध्वस्त हुने चेतावनी दिएको थियो ।

गोटाबायाले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन्।

यता सुरक्षाकर्मीलाई हिस्रक घटनामा संलग्न जो कोहीलाई गोली हान्नेसम्मको आदेश दिइएको छ ।

कर्फ्यु तोड्दै प्रदर्शनकारीहरुले सत्तापक्षका ५० भन्दा बढी नेताको घरमा आगजनी गरेका छन् । विरोध प्रदर्शन र झडपहरुमा आठ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपति राजपाक्षे अर्थतन्त्र व्यवस्थापनमा असफल भएको भन्दै पदबाट बाहिरिन दबाव दिइरहेका छन्। आर्थिक सङ्कट गहिरिँदै गएपछि श्रीलङ्कामा हप्तौँदेखि विरोध प्रदर्शन भइरहेको छ। सङ्कटका कारण श्रीलङ्काको रुपैयाँमा ह्रास आएको छ भने खानेकुरा र इन्धनको अभाव भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *