विदेश

रुसी राष्ट्रपति युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचरको दाबी

हिमालय टिभी
२०७९ वैशाख २८ गते ८:००
रुसी राष्ट्रपति युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचरको दाबी

२८ वैशाख २०७९ न्युयोर्क । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक एभरिल हेन्सले युक्रेनको पूर्वी क्षेत्रमा रुसले जित हासिल गरे पनि द्वन्द्व अन्त्य हुने सम्भावना नरहेको बताइन् ।

उनले युद्ध जारी रहँदा रुसले अस्तित्वको खतरा महशुस गरे आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिइन् । निर्देशक हेन्सले पुटिनले आफ्नो महत्वाकांक्षा र रुसको वर्तमान परम्परागत सैन्य क्षमता बीच बेमेलको सामना गरिरहेको समेत बताइन् ।

युक्रेनले राजधानी किभ कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरेपछि मस्कोले डोनबास क्षेत्र कब्जामा आफ्ना सेनालाई पुनः केन्द्रित गरेको छ ।

पछिल्लो समय युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रका चारवटा बस्ती पुनः कब्जा गरेको दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई विस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताएका छन् ।

प्रतिक्रिया

One thought on “रुसी राष्ट्रपति युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचरको दाबी

  1. हामी नेपालीलाई कहिले भुकम्पले, कहिले नाकावन्दिले, कहिले कोरोनाले अनि कहिले युद्धले सताउँछ र हामी जस्तो गरिविहरु त भोकै मर्ने त होला नी युद्ध लम्बिए पछि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *