विदेश

रुसी सेनाले विद्यालयमा बम खसाल्दा ६० जनाको मृत्यु

हिमालय टिभी
२०७९ वैशाख २६ गते ७:३६
रुसी सेनाले विद्यालयमा बम खसाल्दा ६० जनाको मृत्यु

२६ वैशाख २०७९ युक्रेन । युक्रेनको पूर्वी लुहान्स्क क्षेत्रको एक विद्यालयमा रुसी सेनाले बम खसाल्दा ६० जनाको मृत्यु भएको छ ।

विद्यालयमा करिब ९० जनाले आश्रय लिएका थिए । विष्फोट पछि ३० जनाको उद्धार गरिएको लुहान्स्कका गभर्नर सेर्ही गैडाइले बताए । घटना बारे रुसले कुनै प्रतिक्रिया जनाएको छैन ।

पछिल्लो ८ वर्षयता लुहान्स्कका धेरै भूभाग रुस समर्थित पृथकतावादीको नियन्त्रणमा छ ।

यसैबीच अमेरिकी प्रथम महिल जिल बाइडेन र उनकी युक्रेनी समकक्षी ओलेना जेलेन्स्काबीच भेटवार्ता भएको छ ।

वासिङ्टनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै उनीहरुबीच सीमावर्ती शहर उज्होरोडको एक विद्यालयमा भेट भएको हो।

गत फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएयता जेलेन्स्का पहिलो पटक सार्वजनिक भएकी हुन् ।

यता अमेरिकाले रुसी र बेलारुसका २६ सय नागरिकमाथि भिसा प्रतिबन्धसहित नयाँ प्रतिबन्धको घोषणा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *