विदेश

युक्रेनको मारिओपोलमा रुसी सेनाको घेराबन्दीमा परेका सबैको उद्धार

हिमालय टिभी
२०७९ वैशाख २५ गते ८:०६
युक्रेनको मारिओपोलमा रुसी सेनाको घेराबन्दीमा परेका सबैको उद्धार

२५ वैशाख २०७९ युक्रेन । युक्रेनको मारिओपोलमा रुसी सेनाको घेराबन्दीमा परेका स्टिल कारखानाबाट सबैको उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरुमा वृद्धवृद्धा, महिला र बालबालिका समेत छन् । संयुक्त राष्ट्र संघ र रेडक्रसको समन्वयमा एक साताअघि उनीहरुलाई निकाल्न शुरु गरिएको थियो ।

रुसी सेनाले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न माग गर्दै उक्त क्षेत्र घेरा हालेर बसेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोलबाट आफ्ना सेनालाई बाहिर निकाल्न कूटनीतिक प्रयास जारी रहेको बताए। रुसी आक्रमणका कारण शहरको ९० प्रतिशत संरचना ध्वत भएको बताइएको छ ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा हार बेहोर्न नसक्ने विश्वासमा रहेको अमेरिकी गुप्चतर प्रमुखले बताएका छन् ।

किभ कब्जा गर्न रुसी सेनाको असफलता र डोनबस क्षेत्रमा युद्धको मुख्य फ्रन्ट लाइनमा अगाडि बढ्न संघर्षको बाबजुद पुटिनले आफ्नो सेनाले युक्रेनी सेनालाई हराउन सक्छ भन्ने धारणा परिवर्तन नगरेको सीआईएका निर्देशक बिल बन्र्सले बताए ।

बन्र्सले युद्धमा तल परे पनि पुटिनले आणविक हतियार प्रयोग गर्ने योजनाको संकेत नदेखिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *