खेलकूद

आईपीएलमा मुम्बईको दोस्रो जित

हिमालय टिभी
२०७९ वैशाख २४ गते ७:५६
आईपीएलमा मुम्बईको दोस्रो जित

२४ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी– ट्वेन्टी क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित निकालेको छ ।

आईपीएल अन्तर्गत गएराति मुम्बईले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ५ रनको जित निकालेको हो । १७८ रनको लक्ष्य सहित मैदान ओर्लेको गुजरातले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७२ रनमात्र बनायो ।

उसका लागि रिद्दिमन साहाले ५५, शुभमन गिलले ५२ तथा कप्तान हार्दिक पाण्ड्याले २४ रन बनाए । मुम्बईका मुरुगन आश्विनले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गर्दै मुम्बईले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १७७ रन बनाएको थियो ।

मुम्बईका इशान किशन ४५ तथा कप्तान रोहित शर्मा ४३ रनमा पेभेलिएन फर्के । त्यस्तै टीम डेविड ४४ रनमा नटआउट रहे । गुजरातका राशिद खानले दुई विकेट हात पारे ।

जितसँगै तालिकाको पुछारमा रहेको मुम्बईले १० खेलबाट ४ अंक जोडेको छ । उता गुजरात ११ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

आज पञ्जाब किंग्स र राजस्थान रोयल्स तथा लखनऊ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्