खेलकूद

नेपाल र जिम्बाब्वेबीच आज पहिलो एक दिवसीय क्रिकेट

हिमालय टिभी
२०७९ वैशाख २३ गते ८:००
नेपाल र जिम्बाब्वेबीच आज पहिलो एक दिवसीय क्रिकेट

२३ वैशाख २०७९ काठमाडौं । नेपाल र जिम्बाब्वे ए बीच आज पहिलो एक दिवसीय क्रिकेट खेल हुँदैछ ।

नेपालले आज पाहुना टोलीविरुद्ध तीन खेलको एक दिवसीय शृंखला अन्तर्गत पहिलो खेल खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरू हुनेछ ।

यसअघि यी दुईबीच तीन ट्वेन्टी(ट्वेन्टी खेलको शृंखला १–१ को बराबरीमा सकिएको थियो । पहिलो ट्वेन्टी–ट्वेन्टी जिम्बाब्वे ६ विकेटले जित्दा दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

तेस्रो तथा अन्तिम खेलमा भने नेपाल ८ विकेटले विजयी भएको थियो । विश्व क्रिकेट लीग डिभिजन(टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय शृंखला अघि नेपालले जिम्बाब्वेसँग तीन ट्वेन्टी(ट्वेन्टी र तीन एक दिवसीय खेलको शृंखला खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *