खेलकूद
पुलिसलाई बिच भलिबलको उपाधि
२०७८ चैत २६ गते १८:५५

२६ चैत २०७८ काठमाडौं । संजय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पाल्पाको रानीमहलमा आज भएको फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २(० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।
पुलिसले लुम्बिनीलाई २१(८ र २१(१७ ले पराजित गर्यो । नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो ।
उपाधिसँगै पुलिसले १ लाख र उपविजेता लुम्बिनीले ५० हजार नगद प्राप्त गरेको छ ।
सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा २ विभागीय टोली पुलिस, एपीएफ र सात प्रदेशका टोली सहभागी थिए ।
प्रतिक्रिया