त्रिभुवन

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान

५ जेठ २०७८ काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार...

त्रिभुवन विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित

१३ वैशाख २०७८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको...

त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

१७ माघ २०७७ काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटको उपाधि जितेको छ । फाइनलमा आज एपीएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले उपाधि उचालेको हो । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको...

बागमतीलाई ९४ रनले हराउँदै त्रिभुवन आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

१५ माघ २०७७ काठमाडौं । बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घन्टा मात्रै खुल्ने

८ माघ २०७७ काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसनको समय घटाउने भएको छ । प्राधिकरणले अहिले दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थललाई १८ घण्टामा झार्ने तयारी गरेको हो । कोभिडका कारण बन्द उडान खुलेको ५...

त्रिभुवन विश्वविद्यालयले आठ महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्ने

५ मंसिर, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आठ महिनादेखि रोकिएका परीक्षा धमाधम लिने भएको छ । कोभिड–१९ संकटकैबीच स्वास्थ्य सावधानी अपनाउँदै परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयले परीक्षा सञ्चालन गर्न लागेका हुन् । कोरोना संक्रमण भएका, तर केन्द्रमा पुगेर...

तिहारलगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी

२२ कात्तिक, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहारलगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन...

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

३० साउन, २०७७, टिस्टुङ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी...