Main News

त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबी, दिनभर उडान प्रभावित हुने

हिमालय टिभी
२०७८ चैत १० गते ९:०२
त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबी, दिनभर उडान प्रभावित हुने

१० चैत २०७८ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएको छ ।

जसका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने र उडानहरू निर्धारित समयभन्दा ढिलो हुनसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा खराबी आएका कारण आजका सम्पूर्ण उडानहरु प्रभावित हुने र उडानहरु ढिला हुन जाने जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *